घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण

पाल्पा

भाद्र १६

बगनासकाली गाउँपालिका वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण कार्य घरघरमै पुगेर गरिएको छ।

वडाध्यक्ष तथा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा लगायत वडा सचिव, जनप्रतिनिधि तथा वडा कार्यालयका प्रतिनिधिहरू लाभग्राहीको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरेका हुन्।

घरमै पुगेर नवीकरणको सेवा पाएपछि स्थानीय नागरिकहरूले खुसी व्यक्त गरेका छन्। विशेषगरी ज्येष्ठ नागरिक तथा घरबाट वडा कार्यालयसम्म पुग्न कठिन हुने लाभग्राहीलाई घरदैलोमै सेवा उपलब्ध गराउँदा सहज भएको स्थानीयको भनाइ छ।

“आफ्नै घरदैलोमा आएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिँदा निकै खुसी लागेको छ,” स्थानीय नागरिकहरूले बताएका छन्।

साथै विभिन्न योजनाहरुका उपभोक्ता समिति पनि गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *