लिपिन्देवीमा सराय नाचसंगै सास्कृतिक कार्यक्रम हुने

कमल भट्टराई

पाल्पा, असाेज २१

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको लिपिन्देवी दुर्गा भवानी मन्दिर परिसरमा यस वर्षको कोजाग्रत पूर्णिमा अवसरमा सूर्या यात्रा तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा आयोजना गरिने भएको छ।

धार्मिक आस्था र कला–संस्कृतिको संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको मन्दिर व्यवस्थापन समितिले यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र प्रभावशाली बनाउन विशेष तयारी अघि बढाएको छ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम आगामी २०८२ असोज २० गते (शनिबार) साँझ ७:३० बजेदेखि सुरु भई २०८२ असोज २१ गते (आइतबार) बिहान ११:३० बजेसम्म निरन्तर रूपमा चल्नेछ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा यस वर्ष पाल्पाको पश्चिम क्षेत्र, अर्घाखाँची र गुल्मीमा मात्र देखिने लोपोन्मुख “सराय नाच” पनि लिपिन्देवी मन्दिरमा प्रस्तुत गरिनेछ।

धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने र पाल्पाको सांस्कृतिक पहिचान पुनः राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिँदै गरेको यस कार्यक्रममा सम्पूर्ण श्रद्धालु, भक्तजन र कला–संस्कृति प्रेमीहरूलाई उपस्थित भई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *