नेपाली कम्युनिष्ट पाटीकाे एकत संदेश पाल्पामा सम्पन्न

सुमन कार्की

मंसिर २३,पाल्पा

नेपाली कम्युनिष्ट पाटीले पाल्पामा एकता सन्देश सभा गरेको छ ।
एकता सन्देशसभालाई सम्वोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले काग्रेस र एमालेको बाट बनेको दुई तिहाईको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको निकै दम्भ, घमण्ड, बढेको, भष्ट्रचार कुशासन बढेको, अन्याय अत्याचारले सिमा नाघेकोले जेनजी विद्रोह भएको बताएका छन ।
मंसिर २७ देखी २९ मा हुने एमालेको ११ औ महाधिवेशनमा कित केपी ओली ढल्छन, कित एमाले फुट्छ यो वाहेक एमालेमा अरु कुनै विकल्प नभएको नेता ज्वालाले दावी गरेका छन ।नेता ज्वालाले एमाले अध्यक्ष ओलीकै दम्भ, घमण्ड र अराजकताको कारण विगतमा नेपाल कम्युनिष्ट पाटी टुक्रिएको, दुई तिहाईको आफ्नै नेतृत्वको सरकार ढालेर दुई दुई पटक संसद विघटन गरेको आरोप लगाए ।
नेता ज्वालाले फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिष्ट पाटी पहिलो नम्वरको पाटी बन्ने र शुसासन कायम गर्न, भष्ट्रचारीहरुलाई छानी छानी कारवाही गर्ने आश्वासन दिए । १६ वटा विभिन्न पाटी, समुह मिलेर बनेको नेपाली कम्युनिष्ट आम निर्वाचन पछि सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापित हुने नेता ज्वालाले दावी गरे । पार्टी एकता अहिले केन्द्र हुदै प्रदेश, जिल्ला तहमा आएको र केही दिनमै वडातह सम्म लैजाने उनले बताए ।
एकता सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पुर्व उधोगमन्त्री सोम प्रसाद पाण्डेले नेपालका धेरै जनता कम्युनिष्ट विचारधारा भएकोले देश बनाउन सबै कम्युनिष्ट विचाराधाराहरु नेपाली कम्युनिष्ट पाटीमा समावेश हुनुपर्नेमा जोड दिए । अझै पनि देशमा संकट नहटेकोले जुनसुकै समयमा कल्पना नगरेका घटनाहरु हुन सक्ने भएकोले जेनजी विद्रोहका मागहरुलाई समेट्ने गरी राजनितिक दलहरुले भुमिका निर्वाह गर्नुपर्नेमा नेता पाण्डेले जोड दिए । नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्र प्रसाद पाण्डे देशको विकास, जनतालाई आर्थिक रुपमा बलियो र सुखी बनाउन नेपाली कम्युनिष्ट पार्टीमा आगामी निर्वाचनमा मतदान गर्न अनुरोध गरे । एकता सभामा त्रिभुवन बहुमुखी क्याम्पस स्ववियु सभापति मिलन घर्तिमगरले पार्टीमा रुपान्तरण जरुरी रहेको र नेतृत्वमा युवा पुस्ता बढी भन्दा बढी सहभागी गराउनुपर्नेमा जोड दिए । संविधानसभा सदस्य लिला सोमैले १६ घटक बाट निर्माण भएको पार्टीलाई वडातहसम्म एकता बद्ध गरेर जानुपर्ने बताईन । विघटित नेकपा एकिकृत समाजवादी पाल्पाका अध्यक्ष एव कम्युनिष्ट पार्टीका नेता अशोक कुमार शाहीको अध्यक्षता र विघटित नेकपा माओवादी केन्द्र पाल्पाका संयोजक राजेन्द्र विश्वकर्माको सञ्चालनमा एकता सन्देश सभा भएको थियो ।
पाल्पाको १० वटै पालिका बाट आएका नेता, कार्यकर्ता सहितको टोली तानसेनको टुडिखेलबाट पञ्चेबाजा सहित नारा जुलुस सहित तानसेन नगरपरिक्रमा गरी एकता सन्देश सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *