तानसेन नगरपालिकाद्वारा १६ दिने महिला हिंसा विरुद्वकाे अभियानको शुभारम्भ

२०८२ मंसिर ९

तानसेन, पाल्पा — तानसेन नगरपालिकाले महिला तथा बालिका माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध हुँदै आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुभारम्भ गरेको छ।

कार्यक्रममा नगरप्रमुख तथा जनप्रतिनिधिहरूले समाजमा बढ्दो लैङ्गिक हिंसाबारे चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि नगरपालिकाले विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।

अभियानका क्रममा सचेतना कार्यक्रम, विद्यालयस्तरीय संवाद, घरघर अभियान, सडक नाटक, अधिकारसम्बन्धी परामर्श सेवा तथा हिंसा पीडितका लागि सहयोग संयन्त्र सक्रिय बनाइने जनाइएको छ।

अभियानले समग्र नगर क्षेत्रमा महिला अधिकार, समानता र सुरक्षित समाज निर्माणतर्फ महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *