रिब्दीकोटमा बृहत् शिव पुराण महायज्ञ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

मंसिर १०

पाल्पा, रिब्दीकोट — धार्मिक अनुष्ठान तथा महाशिवरात्रीको पावन अवसरमा आयोजना हुन लागेको बृहत् शिव पुराण महायज्ञ सफल बनाउन सबै पक्षलाई सहयोगका लागि अपिल गरिएको छ।

रिब्दीकोट जलेश्वर पर्यटन क्षेत्र विकास समितिको आयोजनामा तथा रिब्दीकोट गाउँपालिकाको सहजीकरणमा, यस वर्षको शिवरात्री विशेष कार्यक्रमअन्तर्गत रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल श्री जलेश्वर मन्दिर (धाम) परिसरमा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म महायज्ञ सञ्चालन हुने छ।

यसै सन्दर्भमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम आज मिति २०८२/०८/१० गते समितिका अध्यक्ष श्री वेणिमाधब आचार्यको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो। उपाध्यक्ष श्री कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश भुसाल, नि. वर्तमान गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जि.सि., सबै वडाका वडा अध्यक्ष तथा सक्रिय राजनीतिक दलका प्रतिनिधिहरूको विशेष उपस्थितिमा कार्यक्रम गाउँपालिकाको कार्यालय, खस्यौलीमा सम्पन्न भयो।

छलफलका क्रममा बोल्ने अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूले बृहत् शिव पुराण महायज्ञ सफल बनाउन तन–मनले साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष श्री नारायण बहादुर कार्कीले जलेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय प्रवर्द्धन महायज्ञको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै, यस पुण्य कार्यमा सम्पूर्ण पालिकावासीलाई सक्रिय सहयोग र सहभागिताका लागि आह्वान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *