मंसिर १४
तानसेन,पाल्पा
तानसेन नगरपालिका/दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणकाे आ. व. २०८१-०८२ को कार्यक्रम अनुसार शिव इन्ष्टिच्यूटले सञ्चालन गरेको प्रोफेसनल कुक र प्रोफेसनल कम्प्यूटर हार्डवयर एण्ड नेटवर्क टेक्निसियनका प्रशिक्षार्थीहरु राष्टिय सीप परीक्षण समितिको सीप परीक्षणमा उर्त्तीण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
४० जना प्रशिक्षार्थी सहभागी भएकाे उक्त तालिममा ३३ जना उत्तीर्ण भएका थिए । कार्यक्रममा प्रशिक्षार्थी पवन नेपालीले तालिम सिके पछि स्वराेजगार भएकाे र आम्दानीकाे स्राेतमा वृद्धि भएकाे बताए केहि युवाहरु वैदेशिक यात्राका लागि तयारी गरेकाे याे तालिमकाे सर्टिफिकेट भए पछि सिदै दक्ष कामदारमा जान पाईनेहुदा अत्यन्तै उपलब्धि मुलक तालिम रहेकाे जानकारी गराए।
कार्यक्रममा प्रमुख अतिथी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बाेल्दै तालिम सिके पछि यसै नबस्न आग्रह गर्नु भयाे उप मेयर प्रतिक्षा सिंझालीले तालिममा सिकेका कुरा व्यावहारमा उतार्न आग्रह गर्नु भयाे । प्रमुख प्रशासकी अधिकृत चेतनाथ गिरीले कुक र कम्प्युटर हार्डवेयर गरे पछि भएपछि नाकमा कालाे र हातमा कालाे हुनु पर्ने भन्दै लाक्षणीक रुपमा राेजगारिमा जाेडिन आग्रह गर्नु भयाे कार्यक्रममा तानसेन नगरपालिकाका शिक्षा अधिकृत काेपिला न्याैपाने,प्रशिक्षक कुसल ठडराईले बाेल्नु भएकाे थियाे भने कार्यक्रम संस्थाका निर्देशक कमल भट्टराईकाे अध्यक्षतामा र संस्थाका कार्यक्रम संयाेजक बल बहादुर उचैकाे संचालनमा सम्पन्न भएकाे थियाे।
